Home अटो आफैंले बोकेको भरुवा बन्दुक पड्किँदा एक जना घाइते

गोर्खा – बाघलाई तर्साउन बोकेको बन्दुक पड्किँदा गोरखामा एक जना घाइते भएका छन् । घाइते हुनेमा बारपाक सुलिकोट गाउँपालिका-७ अमलेका ५८ वर्षीय तुलबहादुर गुरुङ रहेका छन् ।

प्रहरीका अनुसार गाउँमा गाई बाख्रालाई आक्रमण गर्न थालेपछि बाघलाई तर्साउन गुरुङ भरुवा बन्दुक बोकेर मंगलबार दिउँसो जंगलमा हिँडेका थिए । सोही क्रममा एक्कासी बन्दुक पड्किएर उनी घाइते भएका हुन् । उनको बायाँ हात, नाडी तथा छातीमा चोट लागेको डीएसपी बासुदेव खतिवडाले बताए ।

उपचारका लागि गुरुङलाई काठमाडौंको टिचिङ अस्पताल लगिएको उनले बताए । बन्दुक नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खतिवडाले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More