Home अपराध श्वेतालाई आत्महत्या गर्न बाध्य बनाउने सविनलाई अदालतबाट म्याद थप

श्वेतालाई आत्महत्या गर्न बाध्य बनाउने सविनलाई अदालतबाट म्याद थप

by arthanews

उदयपुरको बेलका नगरपालिका २ घर भइ विराटनगर–३ मा डेरा बस्ने २४ वर्षीया श्वेता पोखरेललाई आत्महत्या गराउन बाध्य बनाएको आरोपमा उनका पूर्वप्रेमि पक्राउ परेका छन् ।मोरङ प्रहरीले श्वेतालाई आत्महत्या गराउन बाध्य बनाएको आरोपमा सुन्दरहरैचा नगरपालिका–१० का २५ वर्षीय सविन पराजुलीलाई पक्राउ गरी म्याद थप गरेको छ ।पराजुलीलाई मोरङ अदालतमा आत्महत्या दुरूसाहन मुद्दामा मंगलबार ७ दिनको लागि म्याद थप गरिएको छ । प्रहरीलाई अनुसन्धान गर्न अदालतले अनुमति दिएको मोरङ अदालतका स्रेस्तेदार इश्वरमणि ओझाले जानकारी दिनुभयो ।मृतककी कान्छि बहिनी सरिता पोखरेलको जाहेरीमा पराजुलीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताउनुभयो । श्वेताले असार ७ गते साँझ डेरामा आत्महत्या गरेकी थिइन् । परिवारका अनुसार महेन्द्र मोरङ क्याम्पसमा बि.एस.डब्लू. दोस्रो वर्षमा अध्ययरत श्वेताको विगत तीन वर्षदेखि सविनसँग प्रेम सम्बन्ध थियो ।

विवाह गर्नका लागि श्वेताले सविनसँग बारम्बार आग्रह र अनुरोध गरेकी थिइन् । तर, श्वेतासँगै जीवन बिताउने लक्ष्य नराखेका सबिनले उनीसँग तत्काल विवाहको सहमति दिएनन् । त्यसपछि श्वेताले परिवारसँगको सल्लाहमै अर्को व्यक्तिसँग विवाह गर्ने निचोड निकालेकी थिइन् । श्वताको विवाह हुने जानकारी पूर्वप्रेमी सविनले थाहा पाएपछि विवाह भाँड्न आफूसँगै बिताएका पुराना तस्वीरहरु बाँड्न थालेका थिए ।श्वेताको विवाह हुँदै गरेको घरसम्म स्वेताको फोटो पुगेपछि उनले आत्महत्या गरेकी हुन् । विवाह हुने भएको दोस्रो केटाले श्वेतालाई भेटेर पहिलो प्रेमीसँग धेरै माया साटिएको रहेछ, अब विवाह नगरौं भनेपछि उनले आत्महत्या गरेको परिवारको भनाइ छ ।
पूर्वप्रेमिले फैलाएको फोटोले उनलाई आत्महत्या गर्न दुरूहासन गरेको आरोपमा अहिले प्रहरीले सविनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइहरेको प्रहरीको भनाइ छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More