Home कर्पोरेट “फेयर एण्ड लभ्ली” को नाम परिवर्तन हुने

“फेयर एण्ड लभ्ली” को नाम परिवर्तन हुने

by arthanews

सुन्दरताको परीभाषा गोरोमात्र होइन भन्दै बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले आफनो चर्चित उत्पादनको नामबाट गोरो जनाउने फेयर शब्द हटाउने भएको छ ।
युनिलिभर नेपाल लि. (युएनएल)ले आफ्नो परिचित ब्राण्ड फेयर एण्ड लभ्लीलाई नयाँ नामसँगै त्वचाको स्याहार सम्बन्धी उत्पादनको पोर्टफोलियोलाई नयाँ चरणतर्फ विकास गर्न सक्षम भएको सार्वजनिक गरेको छ ।उक्त ब्राण्डले आफ्नो यात्रालाई सुन्दरताको अझ बढी समावेशी दृष्टिकोणतर्फ अग्रसर गराउने लक्ष्यका साथ कम्पनीले ‘फेयर एण्ड लभ्ली’ ब्राण्डको नाममा रहँदै आएको ‘फेयर’ शब्द प्रयोग नगर्ने भएको छ । ‘फेयर एण्ड लभ्ली’ को नयाँ ब्राण्ड नाम आवश्यक कानूनी प्रक्रियाहरु पूरा भएपछि सार्वजनिक गरिने पनि कम्पनीले जनाएको छ ।
विगतका दशकमा फेयर एण्ड लभ्ली ब्राण्डले आफ्ना विज्ञापनहरुद्वारा महिला सशक्तिकरणको पक्षमा आवाज उठाउँदै आएको भन्दै सन् २०१९ को शुरुवातबाट नै ब्राण्डले आफ्नो सञ्चारलाई त्वचाको सुन्दरता, गोरोपना र चम्किलोपना लगायतका विषयको सट्ट ग्लो, सफा त्वचालगायतका स्वस्थ त्वचाको उचित मापदण्डहरुतर्फ केन्द्रित गरेको पनि जनाएको छ ।

गोरोपनलाई सौन्दर्यसँग दाँज्ने गरी गरिएको दुई मुहारको तुलनात्मक रुपान्तरणलगायत गोरोपन सम्बन्धी निर्देशहरु रहेका फेयर एण्ड लभ्लीको प्याकेजिङ्ग तथा दृश्यावलीहरु समेत युएनएलले हटाउने निर्णय गरेको छ । त्वचाको चमक र व्यक्तिको उपलब्धि, तथा सम्भाव्यताबीचकुनै सम्बद्धता नहुने तथ्यलाई युएनएलले समर्थन गर्दछ, कम्पनीले आफनो प्रेस विज्ञप्तिमा भनेको छ ।
युनिलिभर दक्षिण एशियाका अध्यक्ष सञ्जिव मेहताका अनुसार कम्पनीको त्वचा स्याहार सम्बन्धी उत्पादनको पोर्टफोलियोलाई अझ समावेशी बनाइरहेका बखत सुन्दरताको विविधतापूर्ण चित्रणको उत्सवलाई नेतृत्व गर्न चाहको छ । सन् २०१९ मा कम्पनीले फेयर एण्ड लभ्लीको प्याकेजिङ्गबाट गोरोपन सम्बन्धी निर्देशहरुका साथसाथै दुई मुहारको तुलनात्मक रुपान्तरण सम्बन्धीत रचनाहरुलाई हटायौं, उनले भने, “ब्राण्डको सञ्चारलाई गोरोपनबाट चमक, जुन स्वस्थ त्वचाको उचिततथा समावेशी मापदण्ड हो त्यसतर्फ मोड्यौ ।”

अब ‘फेयर एण्ड लभ्ली’ ब्राण्ड नामबाट ‘फेयर’ शब्दलाई हटाउने समेत घोषणा गर्दछौं भन्दै उनले नयाँ नामले कानूनी मान्यता प्राप्त गर्ने प्रक्रियामा रहेको तथा परिवर्तित नामसहितको उत्पादन अबको केही महिनामै बजारमा उपलब्ध हुने बताए ।

कारोबार डेली बाट साभार :

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More