Home कर्पोरेट २ महिनामा नेपाल टेलिकमका ७ लाख ग्राहक थपिए

२ महिनामा नेपाल टेलिकमका ७ लाख ग्राहक थपिए

by arthanews

लकडाउनका २ महिनामा नेपाल टेलिकमका ७ लाख ग्राहक थपिएका छन्।

कोरोना भाइरस संक्रमण रोकथामका लागि भन्दै नेपाल सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो। सरकारी स्वामित्वको टेलिकमले चैत र बैशाखमा मात्र ग्राहक संख्या ७ लाख २० हजार ८९७ थप गरेको हो।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार टेलिकमले यो बीचमा जिएसएमए सेवामा ग्राहक थप गरेको हो। फागुन अन्तिमसम्म १ करोड ७० लाख ग्राहक भएको टेलिकमले बैशाख अन्तिमसम्म १ करोड ७७ लाख पुर्‍याएको छ।

यो बीचमा नेपाल टेलिकमको जिएसएमएका ग्राहक बाहेक अन्य सेवाप्रदायक र स्वयम् टेलिकमकै अरु सेवाका ग्राहक भने बढेका छैनन्।
कूल टेलिफोनका सक्रिय ग्राहक भने योबीचमा घटेका छन्।

यो बीचमा एनसेलले ९ लाख ग्राहक गुमाएको छ। त्यस्तै टेलिकमै पिएसटिएनका ग्राहक पनि घटेका छन्। सिडिएममा भने १ हजार ग्राहक नेपाल टेलिकमले थप पाएको छ।

इन्टरनेट: टेलिकमको एडिएसलका ग्राहक घट्दै फाइबरका बढ्दै

लकडाउको २ महिनाको अवधिमा नेपाल टेलिकमले इन्टरनेट प्रयोगकर्ता पनि थप्न सफल भएको छ। प्राधिकरणकाअनुसार टेलिकमले योबीचमा ४ लाख इन्टरनेट प्रयोगकर्ता थप गरेको छ।

टेलिकमको पूरानो प्रविधको इन्टरनेट सेवा एडिएसलका ग्राहक भने योबीचमा घटेका छन्। प्राधिकरणकाअनुसार यस्ता १५ हजार पुराना ग्राहकले एडिएसल छाडेका छन्।

टेलिकमको फाइबर इन्टरनेट सेवाका ग्राहक भने यो बीचमा थपिएका छन्। दुई महिनामा १८ हजार ग्राहक थपिएका हुन्।

त्यस्तै मोबाइल इन्टरनेटमा पनि टेलिकम अग्रनी देखिएको छ। टेलिकमको मोबाइलबाट इन्टरनेट चलाउने ग्राहकको संख्या ९३ लाख पुगेको छ। एनसेलका भने ६७ लाखमात्र यस्ता ग्राहक छन्।

तर फोरजी सेवाका ग्राहक भने एनसेलका धेरै छन्। एनसेलको फोरजी सेवा लिनेको संख्या ३७ लाख छ भने टेलिकमका जम्मा ८ लाख छन्।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More