Home अपराध सनराइज बैंक कर्मचारीले कार्यालयमै गरिन् आत्महत्या

सनराइज बैंक कर्मचारीले कार्यालयमै गरिन् आत्महत्या

by arthanews

सनराइज बैंक विराटनगरको कर्जा शाखाकी वरिष्ठ सहायक अधिकृत सनाज खतिवडाले कार्यकक्षमै विष खाएर आत्महत्या गरेकी छिन् ।विराटनगर ८ निवासी ३० वर्षीया उनले कार्यकक्षमै विष खाएको वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

दिउँसो १ बजे कार्यकक्षमै विष खाएपछि उपचारका लागि अस्पताल लगिएको थियो । तर, अस्पताल भर्ना गरे लगतै उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । घटनाको बाँकी पक्षमा प्रहरी अनुसन्धान सुरु गरेको र लास पोष्टमार्टमका लागि पठाइको छ ।उनको ब्यागमा सुसाइड नोट भेटिएको र प्रहरीले त्यसका आधारमा अनुसन्धान गरिरहेको दावी गरेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More