Home सुचना-प्रविधि अहिलेसम्मकै सस्तो मोबाइल सार्वजनिक गर्दै वानप्लस

अहिलेसम्मकै सस्तो मोबाइल सार्वजनिक गर्दै वानप्लस

by arthanews

वान प्लस नोर्ड निकै लामो समयपछि कम्पनीको मिड रेञ्जको स्मार्टफोनको रुपमा आएको थियो । जुन यसै वर्षको जुलाईमा सार्वजनिक भयो ।यद्यपी यो चाहिँ कम्पनीको फाइभजी मिड रेञ्ज स्मार्टफोन थियो । तर पछिल्लो लीकलाई विश्वास गर्ने हो भने अब कम्पनी आफ्नो अर्को किफायती मूल्यको स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा छ । जुन फोरजी डिभाइस हुनेछ ।एक टिप्स्टरले कम्पनीले आउँदो महिना अर्थात सेप्टेम्बरमा यो डिभाइस सार्वजनिक गर्न सक्ने दाबी गरेका छन् । जुन स्नाप ड्रागन ६६२/६६५ प्रोसेसर सहितको हुनेछ ।यति मात्र होइन ती टिप्सटरले यो पनि जानकारी दिएका छन् कि वान प्लस भन्दा अगाडि ओप्पो स्नाप ड्रागन ६६२ प्रोसेसरयुक्त आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गर्ने योजना बनाइरहेको छ । जसको मूल्य ३२ हजार रुपैयाँ हाराहारी हुने छ ।

चुन (@Boy25846908) नामक टिप्सरले ट्वीटरमा यो लीक शेयर गरेका थिए । जसकाे जानकारी सबैभन्दा पहिले गिजमोचिनद्वारा दिइएको थियो ।
टिप्सटरले ट्वीटमार्फत सार्वजनिक गरेको जानकारी अनुसार ओप्पोले सेप्टेम्बरको सुरुवातमै आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गर्नेछ । जानकारीकै क्रममा ती टिप्सटरले यो पनि उल्लेख गरेका छन् कि वानप्लसले सेप्टेम्बरको अन्त्यसम्म एक नयाँ सस्तो मूल्यको स्मार्टफोन सार्वजनिक गर्नेछ ।
जसको मूल्य २६००० रुपैयाँदेखि २९००० रुपैयाँको बीचमा हुनेछ । यदि यो लिक सही सावित भयो र कम्पनीले यही प्राइस रेञ्जमा स्मार्टफोन सार्वजनिक गर्‍यो भने यो नै कम्पनीको सबैभन्दा सस्तो स्मार्टफोन हुनेछ ।
जसले धेरैजसो ग्राहकलाई आफूतिर आकर्षित गर्नेछ । यहाँनिर ध्यान दिनुपर्ने विषय के छ भने वानप्लस नोर्डको अक्सिजन ओएस १०.५ को लेटेस्ट भर्सनमा एक्सडीए डेभलपरले केही कोड प्राप्त गरेका थिए ।
जसले आगामी फोन हुनेतर्फ संकेत दिएको थियो । जसमा फोनको कोडनेम बिल्ली रहेको थियो । त्यस्तै गीकबेञ्च लिस्टिङबाट पनि बिल्ली कोडनेम बाहिर आएको थियो ।
जसमा उक्त अज्ञात वानप्लसको फोन स्नापड्रागन ६९० फाइभजी प्रोसेसर युक्त हुने देखिएको थियो । यस अलावा म्याक्स जे (@Maxjmb) ले कन्सेप्ट क्रियटरसँगको सहकार्यमा वानप्लसका आगामी दुई वटा बजेट स्मार्टफोनको कल्पना गरेका थिए । यी दुई फोनलाई बिल्ली वान र बिल्ली टू कोडनेम दिइएको थियो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More