Home सुचना-प्रविधि अनलाइन भुक्तानी बढाउन दराज र भिसाबीच सहकार्य

अनलाइन भुक्तानी बढाउन दराज र भिसाबीच सहकार्य

by arthanews

नेपालमा अनलाइन भुक्तानीलाई अगाडि बढाउन अनलाइन सपिङ दराज र डिजिटल भुक्तानी टेक्नोलोजी भिसाले सहकार्य गरेका छन् । सहकार्यपछि दराज र भिसाले आफ्ना ग्राहकलाई आगामी असोज १४ गतेसम्म १५ प्रतिशत छुट उपलब्ध गराउने छन् ।

हाल दराजमा ५ हजार भन्दा बढी बिक्रेता र उनीहरूले बेच्ने ४५ हजार भन्दा बढी उत्पादन छन् । ग्राहकले यीमध्ये कुनै पनि सामान खरिद गर्दा आफूले दराजमा सेभ गरेको भिसा कार्डमार्फत पूर्वभुक्तानी गर्दा ५ सय रुपैयाँ सम्मको अधिकतम छुट पाउने छन् ।

यो अफर एकपटक मात्र प्रयोग गर्न सकिने र नेपालमा जारी भएका भिसा क्रेडिट, डेबिट र प्रिपेड कार्डहरूमा लागू हुने बताइएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More