Home फिचर महाबिर पुन को रास्ट्रिय आबिस्कार केन्द्रले यसरि मर्मत गरिदियो बिग्रिएका भेन्टिलेटरहरु – जोगियो लाखौ रुपैया

महाबिर पुन को रास्ट्रिय आबिस्कार केन्द्रले यसरि मर्मत गरिदियो बिग्रिएका भेन्टिलेटरहरु – जोगियो लाखौ रुपैया

by arthanews

यसरी झन्डै १ करोड रुपैंया जति बच्यो नि त | सबैले सकिन्छ भने नयाँ भेन्टिलेटरहरु र अन्य मेडिकलका सामानहरु पनि किन्नु होस् तर पुरानालाई पनि सके सम्म मर्मत गर्नुहोस |

शहिद गंगालाल मुटु अस्पतालको ७ वटा बिग्रेका भेन्टिलेटरहरु राष्ट्रिय आविष्कार केन्द्रका स्वयमसेवकहरुले मर्मत गरि राम्रो संग चल्ने बनाए | ति भेन्टिलेटरहरु बनाउनको लागी चाहिने साधारण पार्टपुर्जाहरु त्यहि अस्पतालमा नै रहेछन | यसरी ७ वटा भेन्टिलेटर बनाउनको लागी एक पैसा पनि खर्च भएन | ६ जना भाईको ४ दिनको मिहिनेत मात्र खर्च भयो |

यस्तै कामको लागि भनेर मैले हिजो भारतमा बस्ने नेपालीहरुलाई भेन्टिलेटरको केहि पार्टपुर्जाहरु किनेर पठाई दिन अनुरोध गरेको थिएँ | सित्तैमा मागेको चाहिं होइन | हाम्रो अनुभव अनुसार एउटा बिग्रेको भेन्टिलेटर बनाउन १० हजार रुपैंया देखि ५० हजार रुपैंया सम्मको पार्टपुर्जाहरु फेर्यो भने काम गर्दो रहेछ अथवा अलि कति मर्मत सम्भार गरियो भने हुँदो रहेछ | यसरी अलिकति पैसा खर्च गरेर १५ लाख, २० लाख रुपैंया पर्ने भेन्टिलेटरहरु बन्छन भने किन नबनाउने ??? यसको लागी मदत चाहिन्छ भने राष्ट्रिय आविष्कार केन्द्रले सके सम्म मदत गर्छ |

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More