Home बैंकिङ लक्ष्मी इक्वीटी फण्डको लाभांश सुरक्षित गर्ने आज (सोमबार) अन्तिम दिन

लक्ष्मी इक्वीटी फण्डको लाभांश सुरक्षित गर्ने आज (सोमबार) अन्तिम दिन

by arthanews

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्वीटी फण्डले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने भदौ २२ गते सोमवार अन्तिम दिन रहेको छ ।

यस योजनाले प्रस्तावित लाभांश प्रयोजनका लागि भदौ २३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसर्थ बुक क्लोजको आधारमा भदौ २२ गतेसम्म नेप्से र सिडिएससीको प्रणालीमा कारोबार भई कायम रहेको इकाईधनीहरुले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।
यस योजनाले आर्थिक वर्ष २०७६÷७७ को लागि ४ दशमलव २५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल लिमिटेडको भदौ १२ गतेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको थियो । योजनाले १२ करोड ५० लाख रुपैयाँ बराबरको इकाई विक्री गरेको थियो ।

आथिक निउज बाट साभार

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More