Home बैंकिङ बैंकका सबै राजश्व संकलन शाखा खुला गर्न निर्देशन

बैंकका सबै राजश्व संकलन शाखा खुला गर्न निर्देशन

by arthanews

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) देखि बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको छ ।
बैंकहरूले देेशका बिभिन्न स्थानमा लकडाउन र निशेधाज्ञाका कारण आफ्नाे अनुकुलतामा सिमित शाखा कार्यालयहरुमात्रै खोलेर सेवा दिइरहेका छन् । सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई भनेको छ ।

साेही बमाेजिम नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि तीन दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो ।

राजश्व उठाउने म्याद २५ गतेसम्म भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More