Home बैंकिङ मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका स्वास्थ्य सेवामा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका स्वास्थ्य सेवामा विशेष छुट

by arthanews

मुक्तिनाथ विकास बैंक लिमिटेडले भिषा डेविट कार्ड वाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई सहुतियत सेवा दिन विभिन्न स्वास्थ्य संस्थाहरुसँग सम्झौता गरेको छ । ग्राहकलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै बैंकले काठमाडौंमा रहेका विभिन्न संस्थाहरुसँग विशेष छुट प्रदान गर्ने सम्झौता गरेको हो ।

जसअन्तर्गत, बसुन्धारामा रहेको काठमाडौं नेचुरोपेथी अस्पताल, लाजिम्पाटमा रहेको भिजनकन्सर्न, अनामनगरमा रहेको डाक्टर अन कल, लाजिम्पाटमा रहेको सुरिया हेल्थकियर र कमलपोखरीमा रहेको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटोरी रहेका छन् ।

यो सम्झौतासँगै बैंकका ग्राहकहरुलाई काठमाडौं नेचुरोपेथी अस्पतालकोे सम्पूर्ण उपचारमा १० प्रतिशत, भर्ना भएर बस्ने बिरामीकालागि शैयामा १० प्रतिशत, चिकित्सक परामर्श शुल्कमा १५ प्रतिशत र स्पा सम्बन्धी सम्पूर्ण सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यस्तै लाजिम्पाट, चाबहिल र वौद्धमा रहेको भिजन कन्सर्नका विभिन्न सेवाका लोकल अप्टिकल सामानमा २५ प्रतिशत, कन्ट्याक्ट लेन्समा १० प्रतिशत र ब्राण्डेड अप्टिकल सामानमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

त्यस्तै काठमाडौं अनामनगरमा रहेको डाक्टर अन कलका विभिन्न सेवा लिदा २० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ । यस सेवाअन्तर्गत स्वास्थ्य सम्बन्धी सेवाहरु डाक्टर परामर्श, फिजियोथेरापी, नर्सिङ्ग कियर, औषधी डेलिभरी र अन्य ल्याबोरेटोरी सेवा घरबाटै लिन सकिनेछ ।

त्यसैगरी, काठमाडौं लाजिम्पाटमा रहेको सुरिया हेल्थकियरका विभिन्न सेवामा १० प्रतिशत छुट र पीसीआर परिक्षणमा ४०० छुटको व्यवस्था गरिएको छ । कमलपोखरीमा रहेको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटोरीमा पनि पिसीआर परिक्षणमा १० प्रतिशत र अन्य सेवामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More