Home बैंकिङ व्यक्तिगत कर्जामा “फिक्स्ड” वा “फ्लोटिङ” ब्याजदर रोज्न पाइने

व्यक्तिगत कर्जामा “फिक्स्ड” वा “फ्लोटिङ” ब्याजदर रोज्न पाइने

by arthanews

नेपाल राष्ट्र बैंकले एक वर्ष अवधिभन्दा लामो व्यक्तिगत कर्जामा स्थिर ब्याजदर कायम गर्न बैंकहरुलाई निर्देशन दिएको छ । खासगरी निश्चित आम्दानी हुनेहरुको किस्ता (इएमआइ) एउटै हुनेछ । बैंकहरुले प्रत्येक ६ महिनामा व्यक्तिगत कर्जाको निश्चित ब्याजदर प्रकाशन गर्नुपर्नेछ । यद्यपि आधार दरमा कति प्रिमियम जोडेर निश्चित (फिक्स्ड) ब्याजदर तय गर्न पाइने भन्ने केन्द्रीय बैंकले स्पष्ट पारेको छैन ।

निश्चित आम्दानी हुनेहरु इएमआइको एउटा अनुमानका आधारमा कर्जा लिए पनि ब्याज बढेर हैरान भएको गुनासो गर्दै आएका थिए । उदाहरणका लागि ८ प्रतिशतमा लिएको घर वा सवारी कर्जाको ब्याजदर १४ प्रतिशत पुग्दा पेशाकर्मी र खासगरी निश्चित आय वर्गलाई समस्या परेको गुनासो बाक्लै आइरहेका थिए । राष्ट्र बैंकले विगतमा ब्याजदर बजारको नियम अनुसार तलमाथि हुने भन्दै यसलाई हस्तक्षेप गर्न नसकिने बताउँदै आएको थियो । यद्यपि निश्चित ब्याजदरको माग भने ब्याजदर बढ्दो क्रममा हुँदा उठेको थियो । अहिले ब्याजदर घट्दो क्रममा छ । एक वर्षभन्दा लामो अवधिको कर्जामा लागू हुने भएकाले यसबाट ग्राहकहरु केही लाभान्वित हुने अपेक्षा गरिएको छ । यद्यपि ग्राहकलाई निश्चित या बजारको अवस्था अनुसार घबढ हुने (फ्लोटीङ) ब्याजदर रोज्ने विकल्प भने खुला रहेको राष्ट्र बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More