Home ऊर्जा कुलमान घिसिङको कार्यकाल २ वर्ष थपिने, बिहीबार मन्त्रीपरिषदमा लैजाने तयारी

कुलमान घिसिङको कार्यकाल २ वर्ष थपिने, बिहीबार मन्त्रीपरिषदमा लैजाने तयारी

by arthanews

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल २ बर्ष थप गरिने भएको छ । उक्त प्रस्ताव भोली बिहीबारको मन्त्रीपरिषदमा पेश हुने स्रोतले जानकारी दिएको छ ।ऊर्जामन्त्री वर्षमान कुलमानको कार्यकाल थप गर्ने सम्बन्धी प्रस्ताव पेश गर्ने जनाइएको छ । रोल्पा पुगेको उर्जामन्त्री पुनले आजै मात्रै पत्रकारहरुलाई प्राधिकरणको कार्यकारी निर्देशक चाँडै नियुक्ती हुने बताएका थिए । यद्यपी कसलाई नियुक्ती गर्ने भन्ने विषयमा उनले केही बताएका थिएनन् ।खुला प्रतिस्पर्धाबाट ४ वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएको घिसिङको म्याद यही भदौ २९ गते सकिने छ ।चौतर्फी चाहाना कुलमानकै पक्षमा भएकाले सरकारमा रहेका सीमित व्यक्तिहरुले उनको ठाउँमा अन्य व्यक्तिलाई ल्याउने प्रयास असफल हुने भएको छ । उनको म्याद थप्ने बारेमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्री केपी ओलीसँग कुराकानी गरिसकेको स्रोतले जानकारी दिएको छ ।
प्रचण्डकै जोडबलले पनि ऊर्जामन्त्री वर्षमान पुनलाई कुलमानको म्याद थपको प्रस्ताव अगाडि बढाउन निर्देशन दिएको स्रोतको भनाई छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले भने कुलमानको म्याद थप गर्ने विषयमा मौन जस्तै रहेका छन् ।स्रोतका अनुसार प्रधानमन्त्रीलगायत अन्य नेकपाका केही व्यक्तिहरु कुलमानको विकल्प खोज्ने मनस्थितिमा थिए । उद्योगीहरुको एक भेटमा समेत प्रधानमन्त्रीले कुलमानलाई कुनै पनि हालतमा कुलमान कार्यकारी निर्देशकको कार्यकाल नथप्ने बताएको स्रोतले उल्लेख गरेको थियो ।प्रधानमन्त्री ओलीलगायतले घिसिङको विकल्पमा बिद्युत बिकास बिभागका महानिर्देशक नबीन सिंह र पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीलाई बनाउन खोजिरहेको स्रोतले यसअघि बताएको थियो ।

घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख भएपछि नेपालमा लोडसेडिङ हट्नुका साथै घाटामा रहेकोे प्राधिकरणलाई उल्लेख्य नाफामा लैजान सफल भएका थिए

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More