Home बीमा आईपीओ भर्न लगानीको जोहो गर्नुहोस: बलियो इन्स्योरेन्स कम्पनीले ३० करोडको अनुमती पायो

आईपीओ भर्न लगानीको जोहो गर्नुहोस: बलियो इन्स्योरेन्स कम्पनीले ३० करोडको अनुमती पायो

by arthanews

जनरल इन्स्योरेन्स कम्पनीले नियामक निकाय धितोपत्र बोर्डबाट प्राथमिक शेयर जारी गर्न अनुमति पाएको छ । धितोपत्र बोर्डले कम्पनीलाई भदौ २४ गते सर्वसाधारणको लागि प्रथमिक शेयर (आईपीओ) निष्काशनको लागी अनुमति स्वीकृत गरेको हो ।
जनरल इन्स्योरेन्स कम्पनी गत असार ५ गते ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर बिक्री गर्न अनुमति माग्दै बोर्डमा पुगेको थियो । तर गत बर्ष अनुमति पाउन सकेको थिएन ।
कम्पनिको हालको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । कम्पनीको ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीले शेयर बिक्री प्रबन्धकको जिम्मा एनआईवीएल क्यापिटललाई दिएको छ ।

जनरल इन्स्योरेन्स कम्पनी नेपालले गत आर्थिक वर्षमा अघिल्लो आवको तुलनामा ३९.७८ प्रतिशतले खुद नाफा बढाएको छ। अघिल्लो आवमा ३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा ५ करोड ६ लाख पुगेको छ।
यस्तै जनरल इन्स्योरेन्सले ४ करोड ५० लाख रुपैयाँले वृद्धि गरेर २० करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७.२३ रुपैयाँ र जगेडा कोषको २ करोड ९ लाखले बढेर ४ करोड ६६ लाख पुग्दा प्रतिशेयर नेटवर्थ ११४.६८ रुपैयाँ कायम भएको छ। कम्पनीको बीमा कोषमा ५ करोड १० लाख र महाविपत्ती जगेडा कोषमा ५२ लाख रुपैयाँ सञ्चित छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More