Home बैंकिङ युनिक नेपाल लघुवित्तले २ करोड ७० लाख बराबरको आईपीओ निष्कासन गर्दै

युनिक नेपाल लघुवित्तले २ करोड ७० लाख बराबरको आईपीओ निष्कासन गर्दै

by arthanews

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सस्थाले प्राथमिक शेयर निष्कासन गर्ने भएको हो । यो लघुवित्तले २ करोड ७० लाख बराबरको आईपीओ निस्काशन गर्न अनुमती पाएको हो ।संस्थाले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा साधारण शेयरको २ लाख ७० हजार कित्ता निष्काशन गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिएको हो ।

शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा युनिक नेपालको तर्फबाट कार्यकारी निर्देशक डा। गोपाल दहित र मुक्तिनाथका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन । लघुवित्तको हालको चुक्तापूँजी ६ करोड ३० लाख रुपैयाँ रहेको छ ।आईपीओ निष्काशन पश्चात् लघुवित्तको चुक्तापूँजी ९ करोड रुपैयाँ पुग्नेछ । लघुवित्तको केन्द्रीयकार्यालय बाँकेको कोहलपुरमा रहेको छ ।

बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको यो संस्थाले २०७५ साल पुस १ गतेदेखि आफ्नो वित्तीय कारोबार सुरु गरेको थियो। स्थापनाको छोटो अवधिमै संस्थाले आफ्नो कार्यक्षेत्र बर्दिया, कैलाली, बाँके, कञ्चनपुर, दाङ र कपिलवस्तु जिल्लाभित्र ३८ वटा शाखा कार्यालयमार्फत ८२ हजार ८६५ विपन्न वर्गका महिलालाई समूहमा आबद्घ गरी १ अर्ब ७८ करोड ९८ लाख ९३ हजार रुपैयाँ बचत संकलन तथा २ अर्ब ५० करोड ४३ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ। संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म ४ करोड ५ लाख रुपैयाँ खुद मुुनाफा गर्न सफल भएको छ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More