Home रोजगारी नेपाल रेल्वे कम्पनीमा जागिर खुल्याे, हेर्नुहोस् विज्ञापनसहित

नेपाल रेल्वे कम्पनीमा जागिर खुल्याे, हेर्नुहोस् विज्ञापनसहित

by arthanews

नेपाल रेल्वे कम्पनीमा विभिन्न २९ वटा पदको लागि कर्मचारी माग गरेको छ । जनकपुर-जयनगर रेल सञ्चालनको लागि रेल विभाग अन्तरगतकाे कम्पनीले विभिन्न २९ वटा पदको लागि १२९ जना कर्मचारी माग गरेको छ ।कम्पनीले करार सेवामा खुल्ला प्रतिस्पर्धा द्वारा कर्मचारीहरु परिपूर्तिका लागि सोमबार विज्ञापन प्रकाशित गरेको छ । विभागले स्नातकदेखि लिएर सामान्य लेखपढ गरेकाहरुको लागि समेत विज्ञापन आह्वान गरेको हाे । अधिकृत तृतीय स्तरको प्रशासन शाखाको लागि एकजना शाखा अधिकृतको माग गरेकाे छ ।

त्यस्तै कानून अधिकृत १ जना, स्टेशन मास्टरमा ३ जनाको माग गरेको छ । त्यस्तै विभागले सब इन्जिनियर, सहायक स्टेशन मास्टर, प्रमुख प्रशासन सहायक, लेखापाल, कम्प्युटर अपरेटर, क्यासियर, टिकट विक्रेता सहायक, टिकट क्लेक्टर, हेल्पर, कार्यालय सहयोगी लगायतको पदमा विज्ञापन आह्वान गरिएको छ ।

आवेदक असोज १२ गते भित्र रेल्वे कम्पनीको वेभसाईट https://nepalrailway.org मार्फत विभिन्न विज्ञापनमा अनलाईन दर्खास्त भर्न सक्ने जनाएको छ । विभागले अधिकृतको लागि १००० रुपैयाँ, सहायक स्तरको लागि ४०० रुपैयाँ र श्रेणी विहीन स्तरको लागि ३०० रुपैयाँ दस्तुर तोकेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More