Home फिचर पूर्व अर्थमन्त्री खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा नियुक्त

पूर्व अर्थमन्त्री खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा नियुक्त

by arthanews

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडालाई आफ्नो विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका छन् । यसअघि प्रधानमन्त्री ओलीले पूर्व राजस्व सचिव लालशंकर घिमिरेलाई आर्थिक सल्लाहकार बनाएका थिए । डा. खतिवडा भने मन्त्रीकै सेवा सुविधा पाउने गरी विशेष आर्थिक सल्लाहकार नियुक्त भएका हुन् ।

राष्ट्रियसभामा डा. खतिवडाको कार्यकाल फागुन २० मा सकिएपछि पनि प्रधानमन्त्री ओलीले उनलाई पुनः मन्त्री नियुक्त गरेका थिए । संविधानको धारा ७८ ले सङ्घीय संसदको सदस्य नरहेको व्यक्तिलाई मन्त्री पदमा नियुक्त गरेमा त्यसको ६ महिनाभित्र सङ्घीय संसदको सदस्यता लिनुपर्ने व्यवस्था गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई दबाब दिएपछि खतिवडाको राष्ट्रिय सभामा नियुक्तिको सम्भावना टरेको हो । त्यसपछि उनको कार्यकाल भदौ २० गतेबाट स्वतः समाप्त हुने भएपछि उनी भदौ १९ गते प्रधानमन्त्रीलाई राजीनामा बुझाएर बाहिरिएका थिए । त्यसको एक सातामै प्रधानमन्त्री ओलीले खतिवडालाई पुनः मन्त्री सरहकै हैसियतमा विशेष सल्लाहकार नियुक्त गरेका हुन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More