Home बैंकिङ ग्रिन डेपलपमेन्ट बैंक वाणिज्य बैंकमा मर्जर हुने, बढ्न थाल्याे शेयर मूल्य

ग्रिन डेपलपमेन्ट बैंक वाणिज्य बैंकमा मर्जर हुने, बढ्न थाल्याे शेयर मूल्य

by arthanews

खराब अवस्थाबाट गुज्रँदै राम्राे नाफा कमाउन सफल भएकाे ग्रिन डेपलपमेन्ट बैंक क वर्गका वाणिज्य बैंकसँग मर्ज वा एक्विजिसनमा जाने सम्बन्धी छलफल तीव्र भइरहेकाे जनाइएकाे छ ।

बैंककाे सञ्चालक समिति निकट स्राेतका अनुसार ग्रिन डेपलपमेन्ट कबैंकले प्राइम कमर्सियल र माछापुछ्रे बैंकसँग मर्जरका लागि प्रस्ताव गरिरहेकाे र कुराे मिलेमा ती दुइमध्ये एकमा मर्ज हुने पक्का छ । याे हल्ला बजारमा चुहिएपछि ग्रिनकाे शेयरमूल्यमा समेत अचानक भारी वृद्धि भएकाे छ । अाइतबार यसकाे शेयर मूल्य १० प्रतिशतसम्मले बढेर काराेबार भएकाे थियाे ।यद्यपि मर्जरसम्बन्धी ग्रिन बैंक सञ्चालक समितिले अाैपचारिक सूचना भने दिएकाे छैन । तर एक लगानीकर्ताका अनुसार साे समिति निकट स्राेतबाट उक्त बैंक छिटै राम्राे वाणिज्य बैंकमा मर्जर हुन लागेकाे अाफूले जानकारी पाएकाे बताएका छन् ।

अन्य वित्तीय संस्थाहरूले घाटा बेहाेरिरहेकाे वेला पनि ग्रीन डेभलपमेन्टले भने गत आर्थिक वर्षको चौथो त्रैमासमा २ करोड १३ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अघिल्लो वर्षको भन्दा ८२ प्रतिशतले धेरै हो ।

अघिल्लो वर्ष बैंकले १ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ९.८८% र ८२% ले बढोत्तरी भएको छ । साे वर्ष ७ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले असार मसान्तसम्म बढाएर ८ करोड १६ लाख रुपैयाँ पुर्याएको छ ।

यसपटक बैंककाे सञ्चालन नाफा पनि १ करोड ६२ लाख रुपैयाँबाट बढेर ३ करोड ४ लाख ३३ हजार पुगेको छ । चुक्ता पुँजी ५० करोड रुपैयाँ ग्रिनले रिजर्भ कोषमा २ करोड ७६ लाख रुपैयाँ राखेकाे छ ।

खराब कर्जा पनि घटाउन सफल ग्रिनकाे अघिल्लो वर्ष ३.८१% रहेको खराब कर्जा यस वर्ष १.८५% मा सीमित भएको छ । यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ रहेको छ, जुन अघिल्लाे वर्षभन्दा बढी हाे ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More