Home कोरोना विशेष दशैँमा फेरि “लकडाउन” गर्न सक्ने सरकारकाे संकेत !

दशैँमा फेरि “लकडाउन” गर्न सक्ने सरकारकाे संकेत !

by arthanews

कोरोना संक्रमणको दर लगातार बढेमा फेरि लकडाउन गर्ने मुडमा सरकार पुगेकाे छ

सरकारले फेरि देशमा लकडाउन नहुने बताए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुनः लकडाउन गर्न सिफारिस गरेकाे छ । मुलुकभर सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सरकारलाइ सिफारिस गरेको मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयको यो सिफारिस सरकारले कार्यान्वयन गरेको खण्डमा दशैँको समयमा मुलुकमा पुनः लकडाउन हुन सक्छ । दशैंंमा काठमाडौँ उपत्यकाबाट धेरै मानिसहरु बाहिरिने भएकाले उपत्यकाका संक्रमित गाउँगाउँ पुग्ने खतराका कारण पनि सरकारले ‘लकडाउन’ को विकल्प रोज्न सक्नेमा विज्ञहरुको एक मत देखिएको छ ।

मन्त्रालयको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको हो । २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने पनि सह प्रवक्ता अधिकारीले न्यूज २४ लाई बताउनुभयो ।

मन्त्रालयका तथ्यांकअनुसार बुधबार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ छ । यहि दरमा संक्रमित बढ्दै गएमा सक्रिय संक्रमितको संख्या २५ हजार हुन धेरै समय लाग्दैन ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More