Home बैंकिङ सिद्धार्थ बैंकको ८.५ प्रतिशत ब्याजदरको ऋणपत्र असोज १६ गतेदेखि विक्री गर्दै

सिद्धार्थ बैंकको ८.५ प्रतिशत ब्याजदरको ऋणपत्र असोज १६ गतेदेखि विक्री गर्दै

by arthanews

सिद्धार्थ बैंक लिमिटेडले असोज १६ गतेदेखि ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री खुला गर्ने भएको छ । बैंकले वार्षिक ७ वर्षे अवधिको रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो ।

कुल कित्तामध्य सर्वसाधारणका लागि रू. १ अर्ब २० करोड बराबरको विक्री गर्नेछ भने बााँकी रू. १ अर्ब ८० करोड बराबरको ऋणपत्र बैंक आफैले परिपत्र विधिबाट विक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याईएको मध्यबाट ६० हजार कित्ता ऋणपत्र भने सामूहिक लगानीकोषको लागि छ्ट्याएको छ । बाँकी ११ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आउनेछ । यो ऋणपत्र विक्री प्रबन्धकको जिम्वेवारी एनएमबि क्यापिटलले पुरा गर्नेछ ।

ऋणपत्र खरिदका लागि लगानीकर्ताहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । सिद्धार्थ बैंकको यो ऋणपत्रलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमताको संकेत गर्ने इक्रा एनपी आईआर ए माइनस एटदरेट रेटिङ प्रदान गरेको छ । यो ऋणपत्र खरिद गर्नेले तोकिएको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन् । धितोपत्र दोस्रो बजारमा पनि यो ऋणपत्र सूचीकृत हुने हुदाँ खरिद विक्री समेत गर्न सकिने व्यवस्था छ ।

यो ऋणपत्र छिटोमा असोज २० र ढिलोमा असोज ३० गतेसम्म विक्रीमा रहनेछ । यो ऋणपत्र खरिदका लागि विक्री प्रबन्धकसँगै आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यो ऋणपत्र विक्री गर्न बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असोज १ गते स्वीकृति पाएको हो । वाणिज्य बैंकहरुले आफ्नो चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य विक्री गर्नुपर्ने व्यवस्था बमोजिम सिद्धार्थ बैंकले यो ऋणपत्र विक्री गर्न लागेको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More