Home कोरोना विशेष देउराली जनताले कोरोनाको औषधि उत्पादन गर्न अनुमति पायो

देउराली जनताले कोरोनाको औषधि उत्पादन गर्न अनुमति पायो

by arthanews

देउराली जनता फर्मास्यूटिकल्सले कोभिड–१९ का सघन बिरामीको उपचारमा प्रयोग हुने औषधि फाभर–२०० ट्याब उत्पादन शुरु गरेको छ
कम्पनीले बुधबार विज्ञप्ति जारी गरेर कोभिड–१९को औषधि उत्पादन शुरु गरेको पुष्टि गरेको छ । उक्त उत्पादनलाई औषधि व्यवस्था विभागले असोज ६ गते अनुमति दिएको छ ।कम्पनीले नेपाल सरकारबाट उत्पादनको अनुमति लिई नेपालमा नै पहिलो पटक फाभिर–२०० ट्याब औषधि उत्पादन शुरु गरिसकेको छ । कोभिडको उपचारका लागि क्लिनिकल अध्ययन प्रयोजनको लागि उपलब्ध गराउने गरी औषधि व्यवस्था विभागबाट असोज ६ गते स्वीकृति प्राप्त भएको छ ।

कोभिड–१९ का बिरामीहरूले उपचार र प्रयोगको लागि चिकित्सकको सिफारिस र निगरानीमा मात्र अनुसन्धानार्थ सो औषधि उपलब्ध हुने गरी औषधि व्यवस्था विभागबाट स्वीकृति प्राप्त भएको कम्पनीले जनाएको छ ।महामारीको यस विषम परिस्थितिमा फाभिर–२०० ट्याब नामक औषधिलाई नेपाली जनताको उपयोगको लागि उपलब्ध गराउन नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट माग वा निर्देशन भएमा कोभिड–१९ का बिरामीहरुको उपचारका लागि आवश्यक मात्रामा तुरुन्तै उपलब्ध गराउने तयारी कम्पनीले गरेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More