Home बजार दशैँमा नयाँ लुगा नकिन्न सरकारको आग्रह

दशैँमा नयाँ लुगा नकिन्न सरकारको आग्रह

by arthanews

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दशैँमा भीडभाडमा गएर किनमेल नगर्न आग्रह गरेका छन् । उनले यसपाली दशैँमा पुरानै कपडा लगाएर दशैँ मनाउन आग्रह गरेका हुन् ।

गौतमले भने, ‘भीडभाडमा गएर सपिङ नगरी भएकै लुगा कपडा र सरसमानको उपयोग गरी पुरानै लुगा लगाउँ । घरमै बनाएको खाने कुरा घरकै सदस्य मिलेर मात्रै खाउँ।’ साथै उनले कोरोना संक्रमण फैलिने डर भएकाले यस वर्षको दशैँमा बुढापाकासँग गएर टीका नलगाउन आग्रह गरेको छ।

गौतमले दशैँमा बुढापाकासँग गएर टीका लगाएर आर्शिवाद नलिन आग्रह गरेका हुन्। ‘धेरै बुढापाकासँग गएर यस पटक टीका नलगाउँ’ प्रवक्ता गौतमले भने ‘बरु अनलाइन वा फोनबाट आर्शिवाद लिउँ।’ त्यस्तै प्रवक्ता गौतमले धेरै भीडभाडमा गएर टीका लगाउने र खाने काम नगर्न आग्रह गरेका छन्।

उनले भने, ‘तपाइँ हामीले आफ्नो पाका सदस्यहरुसँग आर्शिवाद लिने क्रममा संक्रमण सारेर के दुर्घटना त निम्त्याउने योजनामा छैनौं ? त्यसो नगरौं, समयमै सचेत बनौं ।’

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More