Home बैंकिङ “दसैंका लागि लाइन लगाएर नयाँ नोट दिने स्थिति छैन”-राष्ट्र बैंक प्रवक्ता

“दसैंका लागि लाइन लगाएर नयाँ नोट दिने स्थिति छैन”-राष्ट्र बैंक प्रवक्ता

by arthanews

नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई लाइन लगाएर नयाँ नोट वितरण नगर्ने जनाएको छ ।
कोरोना भाइरस संक्रमण बढेसँगै दसैंका लागि आवश्य पर्ने नयाँ नोट भीड र लाइन लगाएर कुनै पनि बैंकले दिने स्थिति नरहेको प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।‘परिस्थिति हेर्दा अहिले लाइन लगाएर जनतालाई नयाँ नोट बाँड्न सक्ने अवस्था देखिँदैन’ उनले भने, ‘बैंकले पनि यो बेला लाइन लाउन सक्दैनन् ।’

स्टकमा पुराना तथा नयाँ नोट भए पनि विगतमा जस्तो वितरण गर्ने अवस्था नरहेको उनी बताउँछन् ।

कसरी विरतण गर्ने वा के गर्ने भन्ने विषयमा आइतबारसम्म केही निर्णय हुन सक्ने भट्टले बताए

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More