Home बैंकिङ एटीएममा नयाँ नोट वितरण सुरु – खाता भएको बैंकबाट नयाँ नोट साट्न सकिने !

एटीएममा नयाँ नोट वितरण सुरु – खाता भएको बैंकबाट नयाँ नोट साट्न सकिने !

by arthanews

यसपालीको दशैंमा आ-आफ्नो खाता रहेको बैंकबाटै नयाँ नोट साट्न सकिने व्यबस्था गरिएको छ । नयाँ नोट बैंकहरुले एटीएम मेसीनमा भने उपलव्ध गराइसकेका छन् । नेपाल राष्ट्र बैंकले दशैको नयाँ नोट बैंकहरुलाई उपलव्ध गराएको छ । राष्ट्र बैंक आफैले भने नयाँ नोट वितरण नगर्ने भएको छ । नेपाल राष्ट्र बैंकले जनाए अनुसार खाता भएकै बैंकबाट नयाँ नोट साट्न सकिने छ । कोरोनाका कारण राष्ट्र बैंकले आफ्ना शाखाबाट नयाँ नोट वितरण नगर्ने भएको हो । दशैं उल्लासमय नभएका कारण र कतिपय मानिस आ-आफ्नो ठाउँमै दशैं मनाउने भएका कारण नयाँ नोटको माग खासै नभएको जनाइएको छ । एटीएममा भने बैंकहरुले नयाँ नोट राख्न सुरु गरिसकेका छन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More