काठमाडौँ – कमसल धितो राखेर बढी कर्जा प्रवाह गरिएको प्रकरणमा तत्कालीन सुन जाँचकी पद्यमचन्द्र ज्ञवाली पाल्पा स्थायी घर भई काठमाडौँ बस्दै आएका उनले कुमारीपाटीस्थित महालक्ष्मी बैंकमा उनले कमसल धितो राख्ने गरेको खुलासा भएको हो।
ज्ञवालीले २०६७ सालदेखि ०७७ सालसम्म महालक्ष्मी बैंकमा वरिष्ठ सुन जाँचकीका रूपमा काम गरेका उनले जागिर छाडेर अर्को कर्मचारी नियुक्त भएपछि कमसल धितो राखेर साढे ७ करोड ऋण प्रवाह भएको भेटिएको हो। प्रकरणमा बैंकका तीन शाखा प्रबन्धक पिंखु पालिखे, स्मृति राणा र अनिलसिंह सिजापतिसहित थप तीन जना ऋणी पक्राउ परिसकेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक सहकुलबहादुर थापाका अनुसार ज्ञवालीलाई काठमाडौँबाट पक्राउ गरेर अनुसन्धान अघि बढाइसकिएको छ।
ज्ञवालीले महालक्ष्मी बैंकमा काम गर्नुअघि लामो समय नेपाल राष्ट्र बैंकमा क्यासियरका रूपमा समेत काम गरेका थिए। घटनामा संलग्न सबै जनाविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम प्रहरीले अनुसन्धान गरिरहेको छ।