Home अपराध चार लाख ७९ हजार नगदसहित सुनका गहना चोरी

चार लाख ७९ हजार नगदसहित सुनका गहना चोरी

by अर्थन्यूज

काठमाडौं – तारकेश्वर नगरपालिका ११ शुभकामना चोक डेरा गरी बस्ने सिरहा गोलबजार नगरपालिका ३ घर भएका २५ वर्षीय रबिनकुमार लामाको कोठाबाट ताल्चा फुटाई ३ तोला सुन र नगद ५० हजार रुपैयाँ मंगलबार राति चोरी भएको छ । 

त्यस्तै, काठमाडौं महानगरपालिका १५ अजिमा हल नजिक डेरा गरी बस्ने खोटाङ घर भएकी ३० वर्षीया भुमिका थापा मगर र तनहुँ व्यास नगरपालिका ११ घर भएकी २३ वर्षीया मनिषा गुरुङको कोठाबाट कोही नभएको अवस्थामा कोठाको ताल्चा फुटाई सुनका विभिन्न गहना र नगद ६५ हजार रूपैयाँ गरी करिब २ लाख १० हजार रूपैयाँ मूल्य बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ । 

यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका ५ थापाचोक बस्ने पवन सुनुवारको घरबाट कोही नभएको अवस्थामा कोठाको ताल्चा फुटाई करिब २ लाख १९ हजार रूपैयाँ बराबरको सुनका विभिन्न गहनाहरु मंगलबार बेलुका चोरी भएको छ । 

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More