पर्सा – लुम्बिनी चिनी मिलका ‘सञ्चालक’ मनोज अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । करिब १७ करोड रपैयाँ उखु किसानको रकम भुक्तानी नगरेका अग्रवालाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा अग्रवाललाई वीरगञ्जबाट पक्राउ गरेको हो । पक्राउ परेका अग्रवाललाई पश्चिम नवलपरासी पठाइने तयारी गरेको प्रहरीले जानकारी दिएको छ । चिनी मिल सुशीला गोयलका नाममा दर्ता भए पनि सबै कारोबार अग्रवालमार्फत् हुने गरेको छ ।
Facebook Comments