अंग्रेजी नयाँ वर्ष २०२१ को उपलक्षमा आइएमई पे मोबाइल वालेट मार्फत रिजार्च गर्दा ५ प्रतिशत क्यास ब्याक पाइने भएको छ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्धित ‘आइएमई पे’ ले नव वर्षमा उक्त अफर सार्वजनिक गरेको हो ।
उक्त क्यास ब्याक आईएमई पे वालेट आईडीको रुपमा दर्ता भएको मोबाइलमा मात्र लागु हुने जनाईएको छ । उक्त अफर अन्तरगत प्रत्येक उपयोगकर्ताले १ सय प्रति महिना क्युमुलेटिभ क्यास ब्याक पाउने छन् ।
Facebook Comments