Home अपराध नागढुङ्गाबाट स्रोत खुल्न नसकेको करीब डेढ करोडसहित दुई जना पक्राउ

नागढुङ्गाबाट स्रोत खुल्न नसकेको करीब डेढ करोडसहित दुई जना पक्राउ

by अर्थन्यूज

काठमाडौं – प्रहरीले स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपियाँसहित दुई जना व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीको महानगरीय प्रहरी प्रभागका अनुसार नागढुङ्गाको प्रहरी टोलीले कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–०२३ च २२५९ नं को कारमा जाँचका क्रममा उक्त रकमसहित सोमवार बिहान दुई जनालाई पक्राउ गरेको हो ।     
     
पक्राउ पर्नेमा भारत गोरखपुरका ३० वर्षीय अमितकुमार गुप्ता र कपिलवस्तुका २२ वर्षीय कार चालक सङ्गम थारु रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले कारको डिक्कीमुनी विभिन्न भागमा तीन ओटा झोलामा लुकाएर ल्याएको उक्त रकमसहित दुईजनालाई पक्राउ गरिएको जानकारी दिए।     

‘उक्त रकम भारतबाट भारतीय रुपैंया ल्याई नेपालको सीमा क्षेत्रमा पटकपटक सटही गरेको अनुसन्धानबाट खुलेको छ’, प्रवक्ता विष्टले भने । उक्त घटनामा प्रयोग भएको सवारी साधन र बरामद गरिएको रकमसहित आवश्यक अनुसन्धान तथा कारवाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग पठाइएको प्रहरीले बताएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More