Home कोरोना विशेष भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५० हजार नाघ्यो

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५० हजार नाघ्यो

by रासस

नयाँदिल्ली – भारतमा कोरोना भाइरस संक्रमणबाट हालसम्म एक लाख ५० हजार ११४ जनाको मृत्यु भएको छ । 

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड ४ लाख मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १८ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । 

मन्त्रालयले भारतमा अझै पनि २ लाख २७ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामै रहेका र ९९ लाख ९७ हजार व्यक्ति संक्रमणमुक्त भएको जानकारी दिएको छ ।

भारतीय राज्य केरलामा झण्डै ६४ हजार तथा महाराष्ट्र राज्यमा ५० हजार व्यक्ति सक्रिय संक्रमित छन् । दिल्लीमा भने ४ हजार ५६२ जना सक्रिय संक्रमित रहेका छन् । यहाँ १० हजार ६०९ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार भारतमा मंगलवारसम्म १७ करोड ७४ लाख नमूना परीक्षण गरिएको छ । एएनआई

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More