Home अपराध ३० लाख हिनामिना आरोपमा भीम रावलमाथि कारबाहीको सिफारिस

३० लाख हिनामिना आरोपमा भीम रावलमाथि कारबाहीको सिफारिस

by अर्थन्यूज

सुदुरपश्चीम प्रदेश कमिटीको चौथो विस्तारित बैठकले भिम रावललाई कारबाही गर्न सिफारिस गरेको छ। प्रदेश संयोजक लेखराज भट्टको प्रमुख आतिथ्यता र अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा भएको बैठकले रावललाई कारबाही गर्न सिफारिस गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएका छन्। 

सल्लाहकार थापाकाअनुसार पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेकोमा भीम रावल (पिएचडी) लाई कारबाही गर्न सिफारिश  गरिएको हो। 

त्यस्तै बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको छ । बैठकले पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई संबोधन गर्ने भएकाले उक्त कार्यक्रमलाई शानदार रूपमा सफल पार्न योजनाबद्द ढंगले जनपरिचालनमा  जुट्ने निर्णय गरेको थापाले जानकारी दिए।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More