Home विकास गल्छी—रसुवागढी सडक ५ वर्षमा पनि बनेन

गल्छी—रसुवागढी सडक ५ वर्षमा पनि बनेन

by अर्थन्यूज

काठमाडाैं – नेपाललाई चीनसँग जोड्न छोटो व्यापारिक राजमार्गको रूपमा निर्माण गर्ने भनिएको गल्छी— त्रिशुली—मैलुङ—स्याफ्रुबेसी—रसुवागढी सडक योजना ५ वर्षसम्मपनि सम्पन्न हुन सकेको छैन ।
नुवाकोटको विदुर बजारमा पर्ने १४ किमी क्षेत्रमा रहेका जग्गा र घरको मुआब्जा विवाद नमिलेर अदालत पुगेपछि २ वर्षमै सम्पन्न गर्ने भनिएको यो सडक पाँच वर्ष पुग्दा पनि बन्न सकेको छैन । यो सडक निर्माण भइसक्न अझै ३ वर्ष लाग्ने देखिन्छ । साइट क्लियर तथा मुआब्जा वितरणमा देखिने समस्याले यो सडक प्रभावित देखिएको हो ।

पारवहन तथा व्यापारिक पक्षबाट महत्त्वपूर्ण मानिएको कुल ८२ किलोमीटर (किमी) लामो सडक मुआब्जा र कोरोना भाइरसका कारण थप प्रभावित भएको योजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए ।

‘मुआब्जा समस्याकै कारण ढिलासुस्ती भएको हो,’ भण्डारीले भने, ‘अझै पनि २२० रोपनी जग्गा÷घरटहराको मुआब्जा  व्यवस्थापन गर्न सकिएको छैन ।’

रु. १५ अर्ब ५० करोड कुल लगानी रहेको यो सडकको नाकातर्फ जोड्ने तेस्रो खण्ड स्याफ्रुबेसी–रसुवागढी खण्ड भने चीन सरकारले बनाइदिने प्रतिबद्धता व्यक्त गरिसकेको छ । १७ किमीको यो खण्ड निर्माण गर्न चीनले रु. ५ अर्ब लगानी गर्ने पनि भण्डारीले बताए ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More