Home लगानि ८ लाखभन्दा बढीले भरे चन्द्रागिरी हिल्सको आईपीओ

८ लाखभन्दा बढीले भरे चन्द्रागिरी हिल्सको आईपीओ

by अर्थन्यूज

काठमाडौं – पुस २४ गतेदेखि विक्रीमा आएको चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ आइतवार २ बजेसम्म ८ लाख १५ हजार ६१० जनाले भरेका छन् । 

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार आइतवार २ बजेसम्म यी आवेदकहरुबाट १ करोड ५९ लाख ८९ हजार ७० कित्ता शेयर खरीदको माग भएको हो । 

कम्पनीले सार्वजनिक निष्कासनमा सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता शेयर विक्री खुला गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल १५ लाख ३४ हजार ९१ कित्ता आईपीओमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि र ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गरी दोस्रो चरणमा अन्य सर्वसाधारणका लागि विक्री खुला गरेको हो । यस आइपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्मका आवेदन माग गर्न सकिने व्यवस्था छ ।

आईपीओ विक्रीको छिटो अवधि पुस २८ र ढिलो माघ ९ गतेसम्म तोकिएपनि मागभन्दा बढी आवेदन परिसकेकाले छिटोअवधिभित्र विक्री बन्द हुनेछ । 

कम्पनीको यो आइपीओलाई इक्रा नेपालले मध्यम स्तरको जोखिमको संकेत गर्ने ईक्रा एनपी आर डबल बी रेटिङ प्रदान गरेको छ । आइपीओ निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै सि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरोशेयर सफ्टवेयर र मेरोशेयर एप मार्फत आवेदन गर्न सक्नेछन् । 

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More