काठमाडौं – आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४१ दशमलव २४ अंक बढेर २ हजार २३५ दशमलव ७२ विन्दुमा पुगेको छ ।
साताको पहिलो दिन आइतवार २०६ ओटा कम्पनीको १ करोड ५० लाख ३० हजार ८३६ कित्ता शेयरको रू.६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १२ ओटा समूहमध्ये जीवन बीमा कम्पनीहरुको समूहबाहेक सबै समूहको परिसूचक बढेको छ ।
सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक ३ शदमलव ९८ प्रतिशत वृद्धि भएको छ । त्यसैगरी बैकिङ समूहको परिसूचक ३ दशमलव ५९ प्रतिशत वृद्धि भएको छ ।आइतवारको कारोबारमा सर्वाधिक कारोबार भने प्रभु बैंकको भएको छ । उक्त कम्पनीको रू. ४० करोड २९ लाख ९१ हजार बरावरको शेयर खरीदविक्री भएको हो ।
दोस्रोमा कुमारी बैंकको रू. ३० करोड ४५ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको छ । त्यसैगरी शेयर मूल्यमा सबैभन्दा बढी प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशत, नारायणी डेभलपमेण्ट बैंकको ९ दशमलव ९७ प्रतिशत र आरम्भ चौतारी लघुवित्तको शेयर मूल्य ९ दशमलव ८९ प्रतिशत वृद्धि भएको छ ।