Home बजार आइतबार एकैदिन २३ सयले घट्यो सुनको भाउ

आइतबार एकैदिन २३ सयले घट्यो सुनको भाउ

by अर्थन्यूज

काठमाडौँ – नेपाली बजारमा आज (आइतबार) सुनकाे मूल्यमा ओरालाे यात्रा तय गरेकाे छ । आइतबार सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ ।

आइतबार सुनकाे मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर प्रतिताेला ९३ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आइतबार तेजावी सुनको मूल्य पनि ताेलाकाे २ हजार ३ सय रूपैयाँले नै घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, आइतबार पनि चाँदीकाे मूल्य पनि ताेलामा ६० रूपैयाँले घटेर प्रतिताेला एक हजार २ सय ७० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More