Home उद्योग निजी फर्म नवीकरणका लागि चैत २० सम्मको समय थप

निजी फर्म नवीकरणका लागि चैत २० सम्मको समय थप

by अर्थन्यूज

काठमाडौं । सरकारले कोभिड–१९ का कारण दर्ता नवीकरण हुन नपाएका निजी फर्म दर्ताका लागि आगामी २० गतेसम्मको समयावधि थप गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राइभेट फर्म रजिस्ट्रेशन (तेह्रौं संशोधन) नियमावली २०७७ मा संशोधन गर्दै गतवर्ष चैतदेखि नवीकरण हुन छुटेका फर्महरू दर्ताका लागि समयावधि थप गरेको हो ।

गतवर्ष चैत ११ देखि कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी बन्दाबन्दी गरिएकाले फर्म नवीकरण गर्न नपाएको भन्दै निजीक्षेत्रले सरकारसँग समय थपको माग गरेको थियो । मन्त्रालयले नियमावली संशोधन गरी नवीकरण छुटेका फर्महरूलाई विना कुनै विलम्ब शुल्क तथा जरीवाना नवीकरण गर्न दिने निर्णय गरेको हो । यसका लागि मन्त्रालयले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशनसमेत दिइसकेको विभागका प्रवक्ता शिवराज सेढाईंले बताए ।

सरकारले ३४ वर्षदेखि नवीकरण छुटेका निजी फर्महरू नवीकरण दर्ताका लागि बाटो खोलेको छ । सरकारले २०४२ सालयता नवीकरण छुटेका निजी फर्महरूका लागि कारण देखाई नवीकरणका लागि आवेदन गर्ने बाटो खोलेको हो । निश्चित जरीवाना तिराएर त्यस्ता फर्महरू नवीकरणका लागि बाटो खोलिएको मन्त्रालयले निर्देशिकामार्फत जनाएको छ ।
२०४२ मा विभागमा ५ लाख निजी फर्म दर्ता भएका थिए । तीमध्ये आधाभन्दा कम फर्महरूले मात्रै नवीकरण गरेको विभागका प्रवक्ता सेढाईंले बताए ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More