Home शेयर बजार सिभिल क्यापिटल मार्केटको लाभांश पारित

सिभिल क्यापिटल मार्केटको लाभांश पारित

by अर्थन्यूज

काठमाडौं – सिभिल क्यापिटल मार्केट लिमिटेडको १२ औं वार्षिक साधारणसभा सिटिसी मल, सुन्धारा, काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष ०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन पास गर्नुका साथै ०७७ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाव तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरण स्वीकृत गरेको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको ५ प्रतिशतका दरले हुन आउने करसहित १ करोड ६ लाख २५ हजारको नगद लााभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले संस्थागत परामर्शदाता सेवाअन्तर्गत व्यावसायिक योजना, लोन सिन्डिकेसन, वर्किङ क्यापिटल फाइनान्सिङ, भेन्चर क्यापिटलजस्ता कोष सञ्चालन, सम्पत्ति व्यवस्थापन, ग्राहकको वीमा अभिकर्ताको काम गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले निष्कासन तथा बिक्री प्रबन्धकसँगै लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, ५५ हजारभन्दा माथि डीम्याट सेवा, ९ वटा कम्पनीको शेयर रजिस्ट्रार र लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More