काठमाडौं – स्थानिय बजारमा सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ । आइतवार प्रतितोला रू. २ हजार ३०० ले ओरालो पहेँलो धातु सुनको मूल्य सोमवार रू. ८०० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतवार प्रतितोला रू. ९३ हजार रहेकोमा सोमवार प्रतितोला रू. ९२ हजार २०० पुगेको छ ।
यस्तै, तेजाबी सुन आइतवार प्रतितोला रू. ९२ हजार ५०० रहेकामा सोमवार रू. ८०० ले घटेर रू. ९१ हजार ७०० मा कारोबार भएको छ ।
त्यस्तै चाँदी सोमवार प्रतितोला रू. एक हजार २३० मा कारोबार भएको छ । चाँदी आइतवार रू. एक हजार २७० मा खरीदविक्री भएको थियो । आइतवारको तुलनामा सोमवार चाँदी प्रतितोला रू. ४० ले घटेको हो ।
Facebook Comments