Home पर्यटन एक्ससेलट्रिप नेपालको ग्रूपले पोखराको द कल्चर रिसोर्टमा २५ करोड लगानी गर्ने

एक्ससेलट्रिप नेपालको ग्रूपले पोखराको द कल्चर रिसोर्टमा २५ करोड लगानी गर्ने

by अर्थन्यूज

काठमाडौं – कोभिडको विषम परिस्थिति बीच पनि नेपालकै पहिलो अनलाइन ट्राभल एग्रिगेटर एक्ससेलट्रिप नेपालको ग्रूपले पोखराको नर्थ लेकसाइड सेदीमा अवस्थित द कल्चर रिसोर्टमा २५ करोड रुपियाँ लगानी गर्ने भएको छ।   

कल्चर रिसोर्टका प्रवन्ध निर्देशक प्रकाश कार्कीले एक्ससेलट्रिप नेपालको ग्रूपसँग सहकार्य गर्न आफु निकै उत्साहित भएको बताए। यो सहकार्यले रिसोर्टलाई थप सुविधासहित नयाँ उचाइमा पुर्‍याउने उनले बताए। 

लगानी थप सँगै रिसोर्टले स्विमङ पुल, रुफ टप बार, साउना स्टिमसँगै  बैठक तथा तालीम, सेमिनारका लागि हलको व्यवस्था गर्नेछ । त्यहाँ हाल ६ रोपनी रहेकोमा १२ रोपनी थप गरि विभिन्न संरचना बनाइने बताइएको छ।

उत्तरी फेवातालको सुन्दर दृष्य, सुन्दर र सफा कोठा र अन्य मनोरञ्जनात्मक गतिविधिका लागि पनि रिसोर्टमा थप लगानी हुनेछ । यो सहकार्यले आन्तरिक पर्यटनका लागि मात्रै होइन, उत्तरी लेकसाइडकै माहोल बडाउन मद्दत पुग्ने  कार्कीले बताए। 

गत क्रिसमसमा रामकृष्ण ढकाल र अङ्ग्रेजी नयाँ वर्षमा इन्दिरा जोशीको साङ्गीतिक कार्यक्रम गरेको रिसोर्टले अबदेखि हरेक शुक्रवार लाइभ म्युजिकको कार्यक्रम गर्ने बताइएको छ।पोखरामा अन्तराष्ट्रिय बिमानस्थल बनेसँगै चीन, भारत लगायत एशियन देशका पर्यटक आकर्षित हुने अनुमान गरिएको छ । त्यसैले यी पर्यटकका लागि नयाँ सुविधाहरु निर्माण गर्ने सहि समय अहिले नै भएको पनि कार्कीले बताए । 

एक्ससलट्रिप नेपालका संस्थापक तथा सीईओ ज्ञानेन्द्र खाडाले सुविधायुक्त होटल र मनोरञ्जन गतिविधिका लागि कल्चर रिसोर्टसँगको सहकार्य नेपालका मुख्य शहरहरुमा पनि बिस्तार हुने बताए । खड्काका अनुसार अन्तराष्ट्रिय नेटवर्कहरुले पनि नेपालको पर्यटन प्रवर्द्धनका  लगि विश्व स्तरमा पुर्‍याउन मद्दत गर्नेछन्।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More