Home बैंकिङ लुम्बिनी विकास बैंकको १३औं साधारण सभा सम्पन्न, १०% लाभांश वितरण गर्ने प्रस्ताव पारित

लुम्बिनी विकास बैंकको १३औं साधारण सभा सम्पन्न, १०% लाभांश वितरण गर्ने प्रस्ताव पारित

by अर्थन्यूज

काठमाडौं – लुम्बिनी विकास बैंकले १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा आइतवार कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजारमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । 

सभाले १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरेर कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

साथै, सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने गाभिने वा प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ७१ करोड ६३ लाख रहेको छ । ७ प्रतिशत बोनस शेयर वितरण पछि उक्त पूँजी रू. २ अर्ब ९० करोड ६४ लाखभन्दा बढी पुग्नेछ । हालसम्ममा बैंकले ६९ शाखा कार्यालयहरुबाट ग्राहकलाई बंैकिङ सेवा प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More