Home यातायात स्कोडाको प्रिमियम एसयूभी कारोक सार्वजनिक

स्कोडाको प्रिमियम एसयूभी कारोक सार्वजनिक

by अर्थन्यूज

काठमाडौं, (अस) । नेपालका लागि स्कोडा कारको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले नेपाली बजारमा नयाँ स्कोडा कारोक सार्वजनिक गरेको छ ।

नयाँ स्कोडा कारोक विश्वकै पुरानो र स्थापित कार ब्रान्डमध्ये पर्ने स्कोडा अटोको पूर्णतः नयाँ कम्प्याक्ट एसयुभी रहेको कम्पनीले बताएको छ ।

नयाँ स्कोडा कारोकमा आधुनिक डिजाइन, उदार आकार, क्लास लिडिङ सेफ्टी र इन्टेलिजेन्ट कनेक्टिभिजीलगायत फिचर राखिएकाले प्रिमियम ड्राइभिङ अनुभवलाई प्रत्याभूत गर्ने कम्पनीको दाबी छ ।

स्कोडाको पछिल्लो एसयुभी नेपालमा दुई भेरियन्ट, एम्बिसन र एम्बिसन प्लसमा उपलब्ध छ । यी दुवै भेरियन्टमा २.० लिटर, ६ स्पिड अटोमेटिक ट्रान्समिसनसहितको टर्बो चाज्र्ड डिजेल इन्जिन हुनेछ जसले अधिकतम १०५ किलोवाट र ३२० एनएम टर्क उत्पन्न गर्छ ।

कारमा अटोमेटिक हेडल्याम्प लेभलिङसहितको एएफएस (एडाप्टिभ फ्रन्ट लाइट सिस्टम) एलईडी हेडल्याम्प, कर्नरिङ फंक्सनको फगल्याम्पलगायत विशेषता छन् । यस्तै, भ्वाइस कमान्ड कन्ट्रोल, एसडी कार्ड रिडर, युएसबी पोर्ट र ब्लुटुथ जीएसएम टेलिफोनी र अडियो स्ट्रिमिङजस्ता सुविधा छन् ।

नेपालमा स्कोडा कारोक एम्बिसनको मूल्य १ करोड १५ लाख र कारोक एम्बिसन प्लसको मूल्य १ करोड २५ लाख रुपैयाँ तोकिएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More