Home फिचर कुन बैंकको स्थापना कहिले र चुक्ता पुँजी कति छ ? सीइओकाे तलबभत्ता कति ?

कुन बैंकको स्थापना कहिले र चुक्ता पुँजी कति छ ? सीइओकाे तलबभत्ता कति ?

by अर्थन्यूज

नेपालमा हाल २७ वाणिज्य बैंकहरु संचालनमा रहेका छन् ।  बैंकहरुलाई कसरि अगाडी बढाउने भन्ने प्रमुख हात उक्त बैंककाे   सीइओको हुन्छ । बैंक संचालनको भार बोक्ने सीइओहरुको सेवा सुविधा कति हुन्छ सबैमा उत्सुक्ताको विषय हुन्छ । २७ वाणिज्य बैंकमध्य केहि बैंकका सीइओहरुको सेवासुविधा यस्तो छ ।

अनिल केशरी शाह

अनिल केशरी शाह नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । उनलाई नेपालको सेलिब्रेटि बैंकरको रुपमा पनि चिनिने गरेको छ । नबैंल बैंक सन् १९८४ मा स्थापना भएको हाे। बैंकको हालको चुक्ता पुँजी १० अर्ब १० करोड रहेको छ जुन नेपालमा संचालित वाणिज्य बैंकहरुमा ८ औं स्थानमा पर्न आउछ । नेपालका धनाड्य बिनोद चौधरीले संचालनमा ल्याएको बैंकका सीइओ अनिल केशरी शाहले गतवर्ष १ करोड ६२ लाख रुपैयाँ तलब भत्ता वापत बुझेका छन् ।

अशोक शेरचन

अशोक शेरचन प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत हुुन् । यो बैंक नेपालमा रहेका २७ बाणिज्य बैंकमध्य चुक्ता पूजिको हिसाबले सातौँ नम्बरमा पर्छ । सन् २०१६ बाट सेवा सुरुगरेको बैंकले छोटो समयमानै आफ्नो चुक्ता पुँजी १० अर्ब ३२ करोड बनाएको छ । यस बैंकका सिइओ  शेरचनले आर्थिक वर्ष २०७६र७७ मा ३ करोड ४२ लाख ९२ हजार तलब भत्ता बुझेका छन् । उनले गत आर्थिक वर्ष २०७५र७६ मा १ करोड ८० लाख ७४ हजार रुपैयाँ तलब वापत,कर्मचारी बोनस वापत २३ लाख ३६ हजार रुपैयाँ तथा दशैं भत्ता र बिदा वापत २५ लाख ७८ हजार रुपैयाँ बुझेका छन् । यो वर्ष उनले गत आर्थिक वर्षको तुलनामा १ करोड १३ लाख बढि सुविधा लिएका छन् ।

रोशन न्यौपाने

रोशन न्यौपाने एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । पछिल्लो समय आफ्नो शाखा विस्तारलाई आक्रमक बनाउदै आएको बैंक सन् २०१३ मा स्थापना भएको हो । हाल यस बैंकको चुक्ता पुँजी ९ अर्ब ७२ करोड रहेको छ । चुक्ता पुजिको आधारमा यो बैंक नेपालमा हाल संचालनमा रहेका बैंकहरुमध्ये १२ औं स्थानमा रहेको छ । यस बैंकमा कार्यरत सिइओ रोशन न्यौपानेको एक वर्षको तलब भत्ता गरि गत आर्थिक वर्षमा २ करोड ५० लाख वुझेका थिए ।

ज्योति प्रकाश पाण्डे

ज्योति प्रकाश पाण्डे नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । सन् १९८६ मा स्थापना भएको बैंकको हालको चुक्ता पूजी १४ अर्ब २५ करोड रहेको छ । चुक्ता पुँजीको आधारमा यो बैंक २७ वाणिज्य बैंकमध्ये तेस्रो स्थानमा रहेको छ । यस बैंकका सीइओ ज्योतिप्रकाश पाण्डेले ३ करोड ६ लाख रुपैयाँ तलब भत्ता वापत लिएका छन् । उनले  एकवर्षको तलब  मात्रै एक करोड ६० लाख रुपैयाँ बुझेका छन् । भने अन्य सुबिधा मार्फत १ करोड ४६ लाख प्राप्त गरेका छन् ।

भुवन कुमार दाहाल

भुवन कुमार दाहाल सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत हुन । सन् २०१२ मा स्थापन भएको यस बैंकको हालको चुक्ता पूजी ८ अर्ब ८० करोड रहेको छ । यो बैंक चुक्ता पुँजीको आधारम २० औं स्थानमा रहेको छ । यस बैंकमा कार्यरत सीइओ भुवन कुमार दाहालले आर्थिक वर्ष २०७५/७६ मा २ करोड ८ लाख ३९ हजार रुपैयाँ तलब भत्ता वापत बुझेका थिए ।

शोभनदेव पन्त

शोभनदेव पन्त बैंक अफ काठमाडौंका प्रमुख कार्यकारी अधिकृत हुन् । यो बैंक २०१६ मा स्थापना भएको थियो भने यसको हालको चुक्ता पुँजी ८ अर्ब ५५ करोड रहेको छ । बैंकका सीइओ शोभनदेव पन्तले एक वर्षमा तलब भत्ता गरि २ करोड ८१ लाख ३ लाख रुपैयाँ बुझेका छन् ।

सुनिल केसी

सुनिल केसी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । बैंकको हालको चुक्ता पुँजी १३ अर्ब ९५ करोड रहेको छ । यो बैंक चुक्ता पूजिको हिसाबले २७ वाणिज्य बैंक मध्ये ५ औं स्थानमा रहेको छ । यो बैंक सन् २०१५ मा स्थापना भएको हाे । यस बैंकको सीइओ सुनिल केसीले गत आर्थिक वर्षमा तलब भत्ता गरेर २ करोड ९ हजार बुझेका छन् । जसमा उनले भत्ता वापत ५२ लाख ४८ हजार रुपैयाँ बुझेका छन् ।

सन्तोष कोइराला
सन्तोष कोइराला माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । सन् २०१२ मा स्थापना भएको बैंकको हालको चुक्ता पुँजी ८ अर्ब ४६ करोड रहेको छ । बैंकका सीइओ कोइराला र सुमन शर्माले गरि एकवर्षमा २ करोड २३ लाख रुपैयाँ बुझेका छन् । कोइरालाले वैशाख १ गतेदेखि सीइओको पद समालेका हुन् ।

ज्ञानेन्द्र ढुंगाना

ज्ञानेन्द्र ढुंगाना नेपाल बंगलादेश (एनबी) बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । सन् १९९४ मा स्थापना भएको बैंकको हालको चुक्ता पुँजी ८ अर्ब ५० करोड रहेको छ । बैंकका सीइओ ढुंगानाले गतवर्ष तलब बापत मात्रै १ करोड ४१ लाख बुझेका छनभने उनको अन्य सुविधाको बारेमा कुनै जानकारी दिईएको छैन् ।

सुरेन्द्र भण्डारी

सुरेन्द्र भण्डारी कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । यो बैंकको हालको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रहेको छ । बैंकले सन् २००१ बाट सेवा सुरुवात गरेको थियो । बैंकका सीइओ भण्डारीले गत वर्ष तलब भत्ता वापत २ करोड ३८ लाख ३१ हजार बुझेका छन् । उनले आर्थिक वर्ष २०७६/२०७७ मा तलब वापत मात्र १ करोड ७ लाख ४७ हजार बुझेका थिए।

अनुपमा खुन्जेली

अनुपमा खुन्जेली मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत हुन् । यो बैंक वाणिज्य क्षेत्रमा नया भएपनि यसको चुक्ता पुँजीभने १० अर्ब ३९ करोड रहेको छ । बैंक सन् २०१८ मा स्थापन भएको हो । बैंकको सीइओ खुन्जेलीले एक वर्षमा १ करोड ७० लाख रुपैयाँ तलब भत्ता वापत बुझेकी छन् । उनी वाणिज्य बैंकमा हाल कार्यरत सीइओमध्य एक मात्र महिला सीइओ हुन् ।

गणेश पोखरेल

गणेश पोखरेल सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । ८ अर्ब ६२ करोड चुक्ता पुँजी रहेको बैंकको स्थापना सन् २००७ मा भएको थियो । बैंकका सीइओ पोखरेलले एक वर्षको अवधिमा १ करोड ३१ लाख ९० हजार रुपैयाँ बुझेका छन् । उनले आर्थिक वर्ष २०७६/२०७७ मा तलब वापत मात्र ८४ लाख रुपैयाँ बुझेका छन् ।

अजयबिक्रम शाह

अजयबिक्रम शाह लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृत हुन् । यो बैंक सन् २००२ मा स्थापना भएको हो । यो बैंकको हालको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रेहेको छ । बैंकका सिइओले शाहले एक वर्षमा तलब भत्ता गरि १ करोड ९ लाख रुपैयाँ बुझेका छन् ।

अनुकुल भट्नाकर

विदेशी लगानीबाटनै संचालनमा रहेको एसबीआइ बैंककोे प्रमुख कार्यकारी अधिकृत अनुकुल भट्नाकर हुन् । यो बैंक नेपालमा १९९३ मा स्थापना भएको हो यस बैंकको हालको चुक्ता पुँजी ८ अर्ब ९६ करोड रहेको छ । बैंकका सीइओ भट्नाकरले एक वर्षमा तलब बाटमात्र १ करोड ७४ लाख रुपैयाँ बुझेका छन् ।

जनक पौडेल

जनक पौडेल सनराइज बैंकले प्रमुख कार्यकारी अधिकृत हुन् । यो बैंक सन् २००७ सालमा स्थापना भएको हो। बैंकको हालको चुक्ता पुँजी ८ अर्ब ९७ करोेड रहेको छ । बैंकका सीइओ पौडेलको एक वर्षको तलब भत्ता १ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

रत्नराज बज्रचार्य
रत्नराज बज्रचार्य ग्लोबल आईएमई र्बैकका प्रमुख कार्यकारी अधिकृत हुन् । बैंकले आथिक बर्ष २०७६/७७ मा तलब भत्ता गरि १ करोड २६ लाख ८६ हजार रुपौयाँ बुझाएको छ । यो रकम जनता बैंकका सीइओ परशुराम कुवारले मंसिर २० सम्म पाएको र हालको सीइओ ले पाएको तलब भत्ता वापतको हो । ग्लोबल आईएमई र जनता बैंक मर्जर भएर हाल नेपालमा संचालनमा रहेका बैंकहरु मध्ये सबैभन्दा बढि चुक्ता पूजि रहेको बैंक बनेको छ । यो बैंकको हालको चुक्ता पुँजी १८ अर्ब ९८ करोड रेहेको छ ।

अनिरभ घोष देशार

अनिरभ घोष देशार विदेशी लगानीमा संचालीत स्ट्यान्डर्टर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । यो बैंक नेपालमा सन् १९८७ बाट संचालनमा आएको हो । यो बैंकको हालको चुक्ता पुँजी ८ अर्ब १ करोड रहेको छ । बैंकका सीइओ घोषले एक वर्षमा तलब भत्ता वापत २ करोड ८७ लाख रुपैयाँ बुझेका छन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More