काठमाडौं – लक्ष्मी बैंकले २०औं साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले सभा आज (मंगलवार) बैंकको प्रधान कार्यालय हात्तिसारमा सम्पन्न गरेको हो ।
सभाले ११ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । ९ प्रतिशत बोनस शेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश गरेर कुल ११ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
९ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ६९ करोड पुगेको छ । साथै सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित समेत गरेको छ ।
Facebook Comments