Home लगानि प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको शेयरमा आजबाट बोलपत्र आवेदन दिन सकिने

प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको शेयरमा आजबाट बोलपत्र आवेदन दिन सकिने

by अर्थन्यूज

काठमाडौं – प्रिमियर इन्स्योरेनस कम्पनी (नेपाल) लिमिटेडले आफ्नो स्वमित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहको १ लाख ३ हजार ७०० कित्ता शेयर विक्री गर्ने भएको छ । कम्पनीले शेयरहरु खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुलाई पुस २९ गते (आज) देखि माघ ८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न आव्हान गरेको हो । 
उक्त शेयरहरु खरिद गर्न इच्छुक योग्य लगानीकर्ताहरुले प्रतिकित्ता रु. १ हजार ३५० मा नघट्ने गरी प्रतिकित्ता के कति दर भाउमा लिन कबुल गर्ने हो शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्ने छन् । 

बोलपत्र आवेदन फाराम प्राप्त गर्ने र बुझाउँने स्थानहरुः नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको नारायन चौर, नक्साल कार्यालय र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको केन्द्रीय कार्यालय नक्साल रहेको छ । उक्त फाराम यी कम्पीको वेवसाइटबाट पनि डाउनलोड गरि लिन सकिने छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More