Home फिचर बुधवार सुन तथा चाँदीको मूल्य रू. १०० ले वृद्धि

बुधवार सुन तथा चाँदीको मूल्य रू. १०० ले वृद्धि

by अर्थन्यूज

काठमाडौं – नेपाली बजारमा बुधवार सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । स्थानिय बजारमा बुधवार सुनको भाउ रू. १०० ले उकालो लागेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ९०० मा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार ८०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. १०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार ४०० मा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ९२ हजार ३०० मा कारोबार भएको थियो । 

यस्तै, बुधवार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । मंगलवार प्रतितोला रू. एक हजार २५० मा कारोबार भएको चाँदी बुधवार प्रतितोला रू. एक हजार २६० मा कारोबार भइरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य रू. १० ले बढेको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More