Home यातायात घेर्मुलाई जोड्ने अस्थायी मोटरेबल पुल निर्माण

घेर्मुलाई जोड्ने अस्थायी मोटरेबल पुल निर्माण

by रासस

लमजुङ– यहाँका स्थानीयले जिल्लाको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका- ४ स्यागे र वडा नं ५ घेर्मुलाई जोड्ने अस्थायी मोटरेबल काठको पुल निर्माण गरेका छन् । स्यागेका समाजसेवी नरबहादुर गुरुङको विशेष सक्रियतामा पुल निर्माण भएको हो । 

नवनिर्मित पुलको समाजसेवी स्थानीय स्व. मुक्तबहादुर गुरुङका श्रीमतीद्वय कुमालेस्यो  र दिलमाया गुरुङले आइतबार संयूक्त रुपमा पुलको उद्घाटन गर्दै गाउँगाउँमा उत्पादित तरकारी  बजारसम्म लैजानका लागि सहज हुनुका साथै गाउँगाउँमा समेत आम्दानी भित्र्याउन सकिने बताए । 

गाउँमा बिरामी परेको बेलामा एम्बुलेन्स समेत सहज रुपमा आउन सक्ने भएकाले स्थानीयहरुलाई धेरै फाइदा पुग्ने उनीहरुको भनाइ छ । त्यस्तै समाजसेवी नरबहादुर गुरुङले भने, ‘हामीलाई वारपार गर्न कठिन भएकाले स्थानीय सबै मिलेर पुल निर्माण गर्न सक्यौँ । यो स्थायी नभएकाले वर्षातमा बाढीले लैजाने खतरा भने रहेको छ ।’ केही समयका लागि भएपनि यस पुलले ती दुई वडाका स्थानीय सजिलैसँग वारपार गर्नुका साथै सवारी साधनमा यात्रा गर्न सहज भएको उनको भनाइ छ । 

पुल बनाउन कूल ४ लाख ६६ हजार १६ मा सङ्कलन भएको स्थानीयको भनाइ छ । पुल निर्माण उपभोक्ता समितिका सचिव घनश्याम घलेले सङ्कलित सो रकममध्ये २ लाख ७८ हजार १५  पुल निर्माणमा खर्च  भएको बताए । घेर्मु गाउँमा पहिलो पटक मोटर पुग्दा स्थानीय निकै हर्षित भएका छन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More