Home बजार पहिलो घण्टामा १७.२७ अंकले बढ्यो नेप्से

पहिलो घण्टामा १७.२७ अंकले बढ्यो नेप्से

by अर्थन्यूज

काठमाडौं – पुस महीनाको अन्तिम कारोबारको दिन बुधवार कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक १७ दशमलव २७ अंकले बढेर २ हजार २८५ दशमलव शून्य १ विन्दुमा पुगेको छ ।   

२ हजार २७९ दशमलव शून्य ४ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ७६ प्रतिशतले बढेको हो ।  

पहिलो घण्टाको अवधिमा १९४ ओटा कम्पनीको ११ हजार २२१ पटकको कारोबारमा २४ लाख ५४ हजार ११५ कित्ता शेयरको रू. १ अर्ब २ करोड ६१ लाख बराबरको खरीदविक्री भएको छ ।

कारोबारको पहिलो घण्टामा कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै, आरम्भ चौतारी लघुवित्त, युनाइटेड फाइनान्स र समृद्धि फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  

यस अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये  व्यापार समूहको परिसूचक १ दशमलव १३ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, होटल्स, विकास बैंक जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्डसमूहको परिसूचक बढेको छ ।

यस अवधिसम्म अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ८ करोड १ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ५०२ मा कारोबार भइरहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More