काठमाडौं – साताको चौंथो कारोबार दिन बुधबार प्रि ओपनिङ्ग सेसनमा २५ कम्पनीको ५ हजार ९२३ कित्ता शेयर ३२ लाख ७५ हजार १८२ रुपैयाँमा कारोबार भएको छ ।
कारोबारमा आउका २५ मध्ये १९ कम्पनीको शेयरमूल्य बढ्दा नेप्सेले ऐतिहासिक उचाई चुमेको हो । ४ कम्पनीको शेयरमूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थीर रहेको छ ।
बुधबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ११.३१ अंकले बढेर २ हजार २७९ दशमलव ०४ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १४ कम्पनीको शेयरमूल्य करिब ५ प्रतिशतले बढेको छ ।
Facebook Comments