काठमाडौं – बुधवार कारोबार शुरु भएको दोस्रो घण्टामा नेप्से परिसूचक २८ दशमलव १० अंकले बढेर २ हजार २९५ दशमलव ८४ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक १ दशमलव २४ प्रतिशतले बढेको हो ।
दोस्रो घण्टाको अवधिमा २०२ ओटा कम्पनीको रू. १ अर्ब ६० करोड बराबरको खरीदविक्री भएको छ । उक्त कारोबार २३ हजार ७६७ पटकको व्यापारमा भएको हो ।
यस अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । जसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक ४ दशमलव ४८ प्रतिशतले बढेको छ ।
यस अवधिसम्म अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १२ करोड ४६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ५०४ मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार ५६८ मा रू. ११ करोड ९७ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।