Home बजार २२८९.६९ विन्दुमा नेप्से, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

२२८९.६९ विन्दुमा नेप्से, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

by अर्थन्यूज

काठमाडौं – बुधवार कारोबार शुरु भएको तेस्रो घण्टामा नेप्से परिसूचक २१ दशमलव ९६ अंकले बढेर २ हजार २८९ दशमलव ६९ विन्दुमा पुगेको छ । 

शून्य दशमलव ९७ प्रतिशतले बढेको बजारमा २०७ ओटा कम्पनीको रू. ३ अर्ब ९७ करोड ४२ लाख बराबरको खरीदविक्री भएको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १५ करोड ४८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ५६१ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ५०२ मा रू. १४ करोड ६६ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये  व्यापार समूहको परिसूचक शून्य दशमलव २६ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, होटल्स, विकास बैंक जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More